images

२०८३ आश्विन १६ गते

images
images
images

सामसङको नयाँ वर्ष अफर : २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा

सामसङको नयाँ वर्ष अफर : २५ प्रतिशतसम्म छुट र २४ महिनाको ईएमआई सुविधा

images
images
मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौँ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियान घोषणा गरेको छ। यस अभियान अन्तर्गत ग्राहकले सामसङका टिभी र होम एप्लायन्सहरूको खरिदमा आकर्षक छुट, पक्का उपहार र २४ महिनासम्मको विस्तारित ईएमआई सुविधा प्राप्त गर्नेछन्। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने कम्पनीले जनाएको छ।

    images
    images

    नयाँ वर्षको योजना अन्तर्गत सामसङले टिभीमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध गराएको छ। अफरलाई थप रोचक बनाउन छानिएका टिभी मोडेलको खरिदमा ३ हजार रुपैयाँ बराबरको १२ महिनाको नेटटिभी प्याकेज निःशुल्क दिइनेछ। त्यस्तै, निश्चित वासिङ मेसिनको खरिदमा ग्राहकले ६ केजीको सर्फ एक्सेल म्याटिक उपहार स्वरूप पाउनेछन्।बजेटमैत्री खरिदका लागि सामसङले पहिलोपटक २४ महिनाको ईएमआई योजना ल्याएको छ। ५० हजार रुपैयाँभन्दा माथिका उपकरणहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर यो योजनामा सहभागी हुन सकिन्छ। 

    २४ महिनाको किस्ता सुविधाले मासिक भारलाई १२ महिनाको तुलनामा झण्डै आधा कम गर्नेछ। सामसङ इन्स्टा फाइनान्स मार्फत १२ महिनाको ईएमआईमा शून्य प्रतिशत ब्याजदरको सुविधा छ भने २४ महिनाको विकल्प रोज्दा ७.९९ प्रतिशत अतिरिक्त ब्याज लाग्नेछ।नयाँ उपकरणमा अपग्रेड हुन चाहने ग्राहकका लागि सामसङले एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकले अर्को स्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू साटेर नयाँ प्रविधिका सामान लैजान सक्नेछन्। विश्वप्रसिद्ध भिजन एआई टिभी र बिस्पोक एआई होम एप्लायन्सहरूलाई नेपाली बजारमा अझ सुलभ बनाउन यो अभियान ल्याइएको कम्पनीको भनाइ छ।

    images
    images

    1

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend