images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा...

सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

images
images
आइतवार, चैत्र १५ २०८२
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सट्टेबाजी एप बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।  शासकीय सुधारसम्बन्धी कार्ययोजनाको बुँदा नम्बर ४२ लाई कार्यान्वयन गर्दै प्राधिकरणले सबै सेवा प्रदायकलाई यस्तो निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार उक्त निर्णय कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट आइतबार नै निर्देशन प्राप्त भएको थियो । लगत्तै उक्त निर्णय कार्यान्वयन गर्न पत्र पठाएको अर्यालको भनाइ छ । 

    images
    images

    कुन कुन साइट बन्द गर्ने भन्नेमा अन्योल

    निर्देशन दिए पनि कुन कुन वेभसाइट बन्द गर्ने भन्ने अन्यौल देखिन्छ । न त यसको लागि सरकारले नै सूची तोकेर पठाएको छ, न त प्राधिकरणले नै सेवाप्रदायकलाई कुन कुन वेबसाइट बन्द गर्ने नै भनेको छ । प्रवक्ता अर्याल प्राधिकरणको अनुगमन महाशाखाले यसबारे अनुगमन गर्ने गरेको भन्दै आवश्यक समन्वय गर्ने जनाएको छ । ‘बेटिङ एपका आईपी र यससँग जोडिएका युआरएल पत्ता लगाउनुपर्छ । हामीले अहिले शंकास्पद सबै वेभसाइट बन्द गर्न भनेको छौँ, यही नै भनेर नाम तोकेर पठाएको अवस्था चाहिँ छैन,’ अर्यालले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend