images

२०८३ आश्विन १५ गते

images
images
images

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

images
images
शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • गलकोट (बागलुङ), २३ फागुन । बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।

    images
    images

    यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार भइरहेकाले थप सर्तकता अपनाउनका लागि फागुन २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिए। 

    दादुराको सङ्क्रमण बढेकाले ढोरपाटन नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीले सङ्कलन गरेको पाँच वटा स्वाब परीक्षण गर्दा दादुरा सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए। उनका अनुसार ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।

    images
    images

    सङ्क्रमण थप फैलिन नदिन नगरपालिकाले उच्च सतर्कता अपनाउन र दादुराको लक्षण देखिए अस्पताल आउन आग्रह गरेको छ । नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend