images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • सामाजिक सञ्जालको ‘लत’ लगाएको आरोपमा अदालतमा...

सामाजिक सञ्जालको ‘लत’ लगाएको आरोपमा अदालतमा जुकरबर्गले के भने ?

सामाजिक सञ्जालको ‘लत’ लगाएको आरोपमा अदालतमा जुकरबर्गले के भने ?

images
images
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • वासिङ्टन डिसी । मेटा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सामाजिक सञ्जाल किशोर प्रयोगकर्तामा लत लाग्ने बनाएको भन्ने आरोपसम्बन्धी मुद्दामा अदालतमा आफ्नो कम्पनीको बचाउ गरेका छन्। लस एन्जलसमा चलिरहेको यो ऐतिहासिक सुनुवाइमा उनी पहिलो पटक जुरीसमक्ष उपस्थित भएका हुन्।वादी पक्षका मुख्य वकिल मार्क लेनियरले अदालतमा मेटाका आन्तरिक इमेल, सन्देश र अनुसन्धान प्रस्तुत गर्दै कम्पनीले किशोर प्रयोगकर्ताको प्रयोगबारे जानकार हुँदाहुँदै पनि पर्याप्त कदम नचालेको दाबी गरे। उनले सन् २०१९ को एक इमेल उद्धृत गर्दै कम्पनीको उमेरसम्बन्धी प्रतिबन्ध प्रभावकारी रूपमा लागू नभएको उल्लेख गरे।

    images
    images

    जुकरबर्गले ती कागजातको गलत व्याख्या गरिएको दाबी गर्दै, प्रस्तुत अनुसन्धान मेटाभित्र नभई बाह्य कम्पनीले गरेको हुँदा त्यसबाट कम्पनीको आधिकारिक धारणा नझल्किने तर्क गरे।वादी पक्षले प्रस्तुत गरेको एक अध्ययनमा किशोर प्रयोगकर्ताले इन्स्टाग्राम प्रयोग गर्दा नछोड्न सकिने लतजस्तो अनुभूति हुने उल्लेख थियो। प्रतिवादी पक्षका वकिल पल श्मिटले भने सोही प्रतिवेदनमा प्लेटफर्म प्रयोगका सकारात्मक पक्ष पनि रहेको औँल्याए।टाले सधैं १३ वर्षमुनिका प्रयोगकर्तालाई प्लेटफर्ममा प्रतिबन्ध गरिएको र युवा प्रयोगकर्ताको सुरक्षाका लागि कदम चालिएको दाबी गर्दै आएको छ। तर अदालतमा प्रस्तुत सन् २०१८ को अर्को प्रस्तुतीकरणमा कम्पनीले कम उमेर समूह (ट्विन्स) लाई प्लेटफर्ममा टिकाइराख्न सफल भएको उल्लेख भएको देखिएको छ।यस मुद्दामा युट्युब पनि प्रतिवादीका रूपमा रहेको छ भने टिकटक र स्न्यापच्याटले सुनुवाइ सुरु हुनुअघि नै गोप्य सहमति गरेका छन्। हजारौं समान मुद्दामा यसको प्रभाव पर्ने भएकाले यो सुनुवाइलाई नजिकबाट हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend