images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सालपा विकास बैंक र रिलायन्स...

नेप्सेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ सूचीकृत

नेप्सेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ सूचीकृत

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ सूचीकृत भएको छ।नेप्सेले शुक्रबार सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकरण गरेको हो।नेप्सेमा सालपा विकास बैंकको १०० रूपैयाँ अंकित मूल्य कायम भएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ। सूचीकरण सम्झौताअनुसार यसमा संस्थापक सेयरधनीहरूको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) सेयर स्वामित्व रहेको छ। 

    images
    images

    त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १०० रूपैयाँ अंकित मूल्यको कुल १ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ। यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) सेयर रहेको छ। दुवै कम्पनीले पहिलो कारोबारको लागि एक सय रूपैयाँदेखि तीन सय रूपैयाँको मूल्य रेञ्ज पाएको छ।यी दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार फागुन ४ गतेदेखि हुनेछ।

    नेप्सेले यसअघि सूचीकरणको क्रममा दिने ओपनिङ रेन्ज सम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। यस अघि कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै फेस भ्यालुको तीन गुणा मात्रै ओपनिङ रेन्ज तोकेको छ।दुवै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटलबाट हुने जनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend