images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘गौँथली’को कमाइ २६ करोड नाघ्यो, सर्वाधिक...

‘गौँथली’को कमाइ २६ करोड नाघ्यो, सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो

‘गौँथली’को कमाइ २६ करोड नाघ्यो, सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा दोस्रो

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । फिल्म ‘गौँथली’ले नेपालमा २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १८ असोज आइतबार राति ११ः५९ सम्मको बक्स अफिस रिपोटमा फिल्मको २६ करोड १ लाख ९६ हजार ४० रुपैयाँ २० पैसा ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मको टिकट ९ लाख ४४ हजार २६३ वटा बिक्री भएको छ ।

    images
    images

    फिल्म चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । पहिलो स्थानमा अहिलेसम्म ‘पूर्ण बहादुरको सारङ्गी’ कायम नै छ ।डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend