images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘पेन्सन पट्टा’को कमाइ ९ करोड नाघ्दा...

‘पेन्सन पट्टा’को कमाइ ९ करोड नाघ्दा ‘बेहुली’को ३ करोड नजिक

‘पेन्सन पट्टा’को कमाइ ९ करोड नाघ्दा ‘बेहुली’को ३ करोड नजिक

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ मध्ये कमाइको मामलामा ‘पेन्सन पट्टा’ धेरै अगाडि देखिएको छ ।  चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १८ असोज आइतबार राति ११ः ५९ सम्मको बक्स अफिस रिपोर्टमा ‘पेन्सन पट्टा’ धेरै अगाडि देखिएको हो । यी दुवै फिल्म गत २६ भदौमा एकसाथ रिलिजमा आएका थिए ।बक्स अफिस रिपोर्ट अनुसार अहिलेसम्म ‘पेन्सन पट्टा’ ले ९ करोड १३ लाख १६ हजार ५०३ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो अवधिमा फिल्मलाई ३ लाख २१ हजार ३६२ जना दर्शकले हेरेका छन् ।

    images
    images

    माओत्से गुरुङ निर्देशित फिल्म लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथामा बनेको हो । फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।त्यस्तै, ‘बेहुली’ को आम्दानी करिब ३ करोड अर्थात् २ करोड ९९ लाख १३ हजार ८२४ रुपैयाँ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मलाई १ लाख ६ हजार ४५९ जनाले हेरेका छन् । सुशान कँडेल निर्देशित फिल्म ‘बेहुली’ प्रेम र पारिवारिक कथामा निर्माण भएको हो ।अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’, दिव्य रायमाझी, सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली लगायतका कलाकारको अभिनय छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend