images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • चाडपर्व लक्षित अग्रिम टिकट बुकिङबारे मंगलबार...

चाडपर्व लक्षित अग्रिम टिकट बुकिङबारे मंगलबार छलफल हुँदै

चाडपर्व लक्षित अग्रिम टिकट बुकिङबारे मंगलबार छलफल हुँदै

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली र छठलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ ।विभागले सोमबार  एक पत्र जारी गर्दै चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाहरूबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न सरोकारवालाहरूलाई आमन्त्रण गरेको हो ।

    images
    images

    यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार उक्त बैठक असोज २० गते मंगलबार दिनको ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्ने तय भएको छ ।उक्त बैठकमा सहभागी हुन विभागले प्रहरी प्रशासन, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूलाई पत्राचार गरेको छ ।

    image 1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend