images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सूर्यकुण्ड हाइड्रोको आइपिओको बाँडफाँड फागुन ५...

सूर्यकुण्ड हाइड्रोको आइपिओको बाँडफाँड फागुन ५ गते हुने

सूर्यकुण्ड हाइड्रोको आइपिओको बाँडफाँड फागुन ५ गते हुने

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओको बाँडफाँड मंगलबार हुने भएको छ ।निष्काशन तथा विक्री प्रबन्धक कम्पनि कुमारी क्यापिटलका अनुसार आइपिओको बाँडफाँड फागुन ५ गते मंगलबार गर्ने जानकारी दिएको हो ।कम्पनिले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेकोमा यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् । यस कम्पनिको ५७ हजार २४३ जनालाई १०-१० कित्ताका दरले शेयर पर्ने छ । 

    images
    images

    कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend