images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पोखराको फोहोर ७२ घण्टाभित्र उठाइने, राजनीतिक...

पोखराको फोहोर ७२ घण्टाभित्र उठाइने, राजनीतिक दलहरूको सामूहिक प्रतिबद्धता

पोखराको फोहोर ७२ घण्टाभित्र उठाइने, राजनीतिक दलहरूको सामूहिक प्रतिबद्धता

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • पोखरा । एक महिनादेखि थन्किएको फोहोरका कारण दुर्गन्धित बनेको पर्यटकीय सहर पोखरामा अब ७२ घण्टाभित्र फोहोर उठाउने तयारी गरिएको छ। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा राजनीतिक दलहरूले फोहोर व्यवस्थापनमा राजनीति नगर्ने प्रतिबद्धता जनाएपछि महानगरले फोहोर संकलन सुरु गर्ने घोषणा गरेको हो।

    images
    images

    लामो समयदेखि फोहोर नउठ्दा पर्यटन, व्यवसाय र जनस्वास्थ्यमा नकारात्मक असर परिरहेको थियो। वर्षायामसँगै हैजाजन्य रोग फैलिने जोखिम बढेपछि महानगरले समस्या समाधानका लागि सर्वदलीय सहमति खोजेको थियो।

    महानगर प्रमुख धनराज आचार्यले बैठकपछि ७२ घण्टाभित्र फोहोर उठाउने काम सुरु गरिने जानकारी दिए। उनका अनुसार हाललाई अस्थायी रूपमा फोहोर विसर्जन गरी १० इन्च माटोले पुर्ने विधिबाट व्यवस्थापन गरिनेछ। उनले विगतमा जस्तै सहमति पछि अवरोध गर्ने प्रवृत्ति नदोहो¥याउन दलहरूलाई आग्रह गरे।

    images
    images

    बैठकमा सहभागी प्रमुख राजनीतिक दलहरूले महानगरको अल्पकालीन तथा दीर्घकालीन फोहोर व्यवस्थापन नीतिमा सहयोग गर्ने जनाएका छन्।
    नेकपा (नेकपा) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले प्राविधिक टोलीले तोकेको स्थानमा फोहोर व्यवस्थापन गर्न पूर्ण सहयोग रहने बताए।
    नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले फोहोरको विषयमा राजनीति नगर्ने स्पष्ट पारे। नेकपा एमालेका उपाध्यक्ष भेषराज बरालले वातावरणीय प्रभाव र स्थानीयको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले अवरोध सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याएर भए पनि व्यवस्थापन गर्नुपर्ने धारणा राखे।

    नागरिक समाजले दलहरूको प्रतिबद्धतापछि महानगरले ठोस निर्णय लिनुपर्ने सुझाव दिएको छ भने प्रशासनले मापदण्डअनुसारको व्यवस्थापनमा सुरक्षा र समन्वयमा सहयोग गर्ने जनाएको छ।

    पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइट भरिएपछि महानगरले पोखरा–३३ पुँडीटारमा फोहोर प्रशोधन केन्द्र निर्माणसहित फोहोर विसर्जन गर्ने प्रयास गरेको थियो। तर स्थानीयको विरोधका कारण योजना कार्यान्वयन हुन नसक्दा सहरभर फोहोर थुप्रिएको थियो।

    फोहोर व्यवस्थापनमा देखिएको गतिरोध अन्त्य भएसँगै पर्यटन क्षेत्र, होटल तथा व्यवसायीहरू राहत महसुस गर्ने अपेक्षा गरिएको छ। महानगरले दीर्घकालीन समाधानका लागि प्रशोधन केन्द्र निर्माण र दिगो फोहोर व्यवस्थापन मोडेल अघि बढाउने तयारी समेत गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend