images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • नियामकको नजरमा यी हुन् सेयर बजारका...

नियामकको नजरमा यी हुन् सेयर बजारका ११० ‘सुरक्षित’ कम्पनी

नियामकको नजरमा यी हुन् सेयर बजारका ११० ‘सुरक्षित’ कम्पनी

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • काठमाडौँ । सेयर बजारमा लगानी गर्नु जोखिमरहित छैन । तर, सबै सेयरमा गरिने लगानीको जोखिम बराबर पनि हुँदैन । विशेष गरी वित्तीय रूपमा समस्यामा परेका र सेयर संरचनाको हिसाबले निश्चित व्यक्ति वा समूहको नियन्त्रणमा रहेको तथा कम्प्लायन्समा कमजोर भएका सेयरमा लगानी गर्नु बढी जोखिमपूर्ण मानिन्छ । यसको विपरीत वित्तीय रूपमा पारदर्शी, नियमनकारी निकायको नियमन दायरामा रहेका तथा तुलनात्मक रूपमा धेरै कारोबारयोग्य सेयर भएका कम्पनीलाई कम जोखिमपूर्ण मानिन्छ । नेपाल स्टक एक्सचेन्जले यिनै विभिन्न मापदण्डका आधारमा नेपाल स्टक एक्सचेन्जले धितोपत्र व्यापारी (स्टक डिलर) ले कारोबार गर्न मिल्ने सेयरको सूची सार्वजनिक गरेको छ । बजारमा रहेका साढे २ सयभन्दा बढी स्क्रिपमध्ये आधाभन्दा कम सेयरमा मात्रै लगानी गर्न पाउने गरी नेप्सेले सेयरसूची निर्धारण गरिदिएको हो । नेप्सेले स्टक डिलर कार्यसञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार मापदण्ड पूरा गरेका कम्पनीलाई कारोबारयोग्य कम्पनीको रूपमा वर्गीकरण गरेको हो ।

    images
    images

    बजारमा स्टक डिलरले कारोबार गर्न योग्य भएका कम्पनीलाई बढी सुरक्षित मानिन्छ । बजारमा माग बढी भएर मूल्य बढ्दा सप्लाई बढाउने र आपूर्ति बढी भएर मूल्य घट्दा खरिद गरिदिने भएकोले बजारको अस्वाभाविक उतारचढाव रोक्न सहयोग पुग्छ । अहिले बजारमा नागरिक स्टक डिलर कम्पनी र नबिल स्टक डिलर सञ्चालनमा छन् । 

    यी हुन् कारोबारयोग्य स्टक कम्पनीहरू

    images
    images
    कृषि विकास बैंक लिमिटेड

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

    एभरेस्ट बैंक लिमिटेड

    ग्लोबल आइएमई बैंक लिमिटेड

    हिमालयन बैंक लिमिटेड

    कुमारी बैंक लिमिटेड

    लक्ष्मी सनराइज बैंक लिमिटेड

    माछापुच्छ्रे बैंक लिमिटेड

    नबिल बैंक लिमिटेड

    नेपाल बैंक लिमिटेड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड

    नेपाल एसबीआई बैंक लिमिटेड

    एनआईसी एशिया बैंक लिमिटेड

    एनएमबि बैंक लिमिटेड

    प्रभु बैंक लिमिटेड

    प्राइम कमर्सियल बैंक लिमिटेड

    सानिमा बैंक लिमिटेड

    सिद्धार्थ बैंक लिमिटेड

    स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

    गरिमा विकास बैंक लिमिटेड

    ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

    ज्योति विकास बैंक लिमिटेड

    कामना सेवा विकास बैंक लिमिटेड

    लुम्बिनी विकास बैंक लिमिटेड

    महालक्ष्मी विकास बैंक लिमिटेड

    मुक्तिनाथ विकास बैंक लिमिटेड

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेड

    साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

    साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

    आईसीएफसी फाइनान्स लिमिटेड

    मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेड

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

    सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड

    फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

    फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड

    जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

    कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

    माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड

    मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

    नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड

    निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

    आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

    सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

    स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड

    विजय लघुवित्त वित्तीय संस्था लिमिटेड

    एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड

    लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड

    नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

    हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड

    आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड

    नेको इन्स्योरेन्स कम्पनी लिमिटेड

    नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

    एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड

    प्रभु इन्स्योरेन्स लिमिटेड

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड

    शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

    युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड

    सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड

    सीईडीबी होल्डिङ्स लिमिटेड

    नागरिक लगानी कोष

    इमर्जिङ नेपाल लिमिटेड

    जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड

    एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड

    अपी पावर कम्पनी लिमिटेड

    अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेड

    बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

    बुटवल पावर कम्पनी लिमिटेड

    चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड

    ग्रीन भेन्चर्स लिमिटेड

    कालिका पावर कम्पनी लिमिटेड

    मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड

    मन्दाकिनी हाइड्रोपावर लिमिटेड

    माउन्टेन इनर्जी नेपाल लिमिटेड

    नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड

    ङादी ग्रुप पावर कम्पनी लिमिटेड

    राधी विद्युत कम्पनी लिमिटेड

    रुरु जलविद्युत परियोजना लिमिटेड

    साहस उर्जा लिमिटेड

    सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड

    सयपत्री हाइड्रोपावर लिमिटेड

    सिक्लेस हाइड्रोपावर लिमिटेड

    सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड

    युनियन हाइड्रोपावर लिमिटेड

    युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड

    युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड

    युनिभर्सल पावर कम्पनी लिमिटेड

    हिमालयन डिष्टिलरी लिमिटेड

    शिवम् सिमेन्ट लिमिटेड

    सोल्टी होटल लिमिटेड

    तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

    हिमालयन रिइन्स्योरेन्स लिमिटेड

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend