काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अहिले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बयान चलिरहेको छ ।नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो । अहिले उनी विद्युतीय माध्यमबाट आचारसंहिता उल्लंघन गरेको विषयमा सरकारी वकिलको कार्यालयमा सवाल-जवाफ दिइरहेका छन् ।
निर्वाचन आयोगको पत्रका आधारमा पक्राउ परेका प्रसाईंविरुद्ध भिन्न उजुरी पनि परेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार बयान आजै सकाउने तयारी छ । प्रसाईं पहिले पनि दलका नेताहरूप्रति गालीगलौज र भ्रामक टिप्पणी गरेको आरोपमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।




.gif)



