images

२०८३ आश्विन १७ गते

images
images
images

सूर्यकुण्ड हाइड्रोको आइपिओमा ४५ गुणा आवेदन

सूर्यकुण्ड हाइड्रोको आइपिओमा ४५ गुणा आवेदन

images
images
बिहिवार, माघ २२ २०८२
बिहिवार, माघ २२ २०८२
  • काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा ४५ गुणा आवेदन परेको छ ।बुधबार राति ८ बजेसम्म आवेदन दिने समय तोकिएको यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् ।  माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो । जस अनुसार ५७ हजार २४३ जनालाई १०-१० कित्ताका दरले शेयर पर्ने छ । 

    images
    images

    कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ । 

    कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend