images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक...

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक र फोहोरको डब्बाबाट सुन तस्करी गर्ने स्वीपर पक्राउ

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक र फोहोरको डब्बाबाट सुन तस्करी गर्ने स्वीपर पक्राउ

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमा कार्यरत एक सरसफाइ कर्मचारी (स्वीपर) पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै दुई घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा उनले मलद्वारभित्र सुन लुकाएको आशङ्का भएपछि उनलाई शौचालयमा शौच गर्न लगाइएको थियो। 

    images
    images

    सो क्रममा उनको शरीरबाट करिब १०० ग्राम तौल भएको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद भयो। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोज्ने ती भारतीय नागरिकलाई प्रहरीले आवश्यक कारबाहीका लागि बुझाएको छ।यस्तै, विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी ४० वर्षीय डिक बहादुर राउत पनि पक्राउ परेका छन्।  मंगलबार बिहान विमानस्थल भित्रको डस्टबिनबाट फोहोर सङ्कलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा उनको फोहोरको पोका स्क्रिनिङ गरिएको थियो। 

    सो क्रममा फोहोरभित्र लुकाइएको ४.४ ग्रामको सुनको सिक्रीका टुक्राहरू फेला परेपछि राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend