images

२०८३ आश्विन १६ गते

images
images
images

विमानस्थलमा सुर्तीदेखि स्याम्पु र घिउसम्म नष्ट, के लैजान पाइन्छ, के पाइँदैन ?

विमानस्थलमा सुर्तीदेखि स्याम्पु र घिउसम्म नष्ट, के लैजान पाइन्छ, के पाइँदैन ?

images
images
बुधवार, माघ २१ २०८२
बुधवार, माघ २१ २०८२
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले सुरक्षा जाँचका क्रममा जफत गरिएका तथा विभिन्न समयमा बेवारिसे अवस्थामा फेला परेका ठूलो परिमाणका निषेधित सामग्रीहरू नष्ट गरेको छ। विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कानुनद्वारा प्रतिबन्धित गरिएका र यात्राका क्रममा छुटेका सामानहरू लामो समयसम्म पनि सम्बन्धित धनी लिन नआएपछि कार्यालयले ती वस्तुहरूलाई विमानस्थलकै डम्पिङ क्षेत्रमा लगेर नष्ट गरेको जनाएको छ।

    images
    images

    कार्यालयका अनुसार मङ्सिर १७ गतेदेखि माघ १९ गतेसम्मको अवधिमा संकलन भएका यी सामग्रीहरूको धनी वा हकवालाहरू हालसम्म पनि सम्पर्कमा नआएको र सम्पर्क हुनसमेत नसकेकाले सुरक्षाको दृष्टिकोणले नष्ट गर्ने निर्णय गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।सुरक्षा कार्यालयका अनुसार नष्ट गरिएका सामग्रीहरूको सूचीमा करिब ६० केजी सुर्ती तथा पराग, ६७५ थान लाइटर, ५०० थान कैँची, ४८२ थान बडी स्प्रे र ११३ थान बेल्ट रहेका छन्। यसका अतिरिक्त ७६ थान विभिन्न कपडाहरू, २० थान अचारका बट्टा, १८ थान ब्लेड र २० थान टेपहरू रहेका छन्।विमानस्थल सुरक्षा कार्यालयले हवाई यात्रा गर्दा सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण मानिने निश्चित सामग्रीहरू ह्याण्ड ब्यागेज (हातमा बोक्ने झोला) मा लैजान पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। घिउ, मह, दही, मदिरा, स्याम्पु, हेयर जेल, सेभिङ फोम, लोशन, बडी स्प्रे, सेन्ट, तेल र १० मिलिलिटरभन्दा बढी मात्राका सन्चो तथा भिक्सजस्ता तरल वा अर्ध–तरल पदार्थहरू हातमा बोक्ने झोलामा लैजान पाइने छैन।

    यद्यपि यस्ता सामग्रीहरू लैजानै पर्ने भएमा एयरलाइन्ससँगको समन्वयमा होल्ड ब्यागेजमा भने राख्न सकिने कार्यालयले स्पष्ट पारेको छ।खाद्य सामग्रीतर्फ खुर्सानी र खुर्सानीको धुलो, मसलाजन्य धुलो, तेलजन्य अचारहरू, माछा, मासु र अण्डाजस्ता सामग्रीहरू भेटेरिनरी क्वारेन्टाइन नगरी लैजान प्रतिबन्ध छ। हरियो सागपात, तरकारी, फूल र बोटबिरुवाहरू पनि प्लान्ट क्वारेन्टाइन नगरी लैजान पाइने छैन।सुरक्षा जोखिम निम्त्याउन सक्ने डोरी, सिक्री, फलामे रड, प्रेसर कुकर, काँटा, वाकिङ स्टिक, लाइटर, सलाई, कैँची, ब्लेड, चक्कु, सियो र बिजुलीका फाल्तु तारहरू पनि ह्याण्ड ब्यागेजमा राख्न नपाइने नियम छ।विमानस्थलले सिरिन्ज र निडलजस्ता चिकित्सा सामग्रीहरू भने मधुमेहका बिरामीहरूका लागि इन्सुलिन प्रयोजनका हकमा मात्र छुट दिइने जनाएको छ। खेलकुदका सामग्रीहरूलाई पनि सुरक्षाको दृष्टिकोणले विशेष प्राथमिकतामा राखिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend