images

२०८३ आश्विन १६ गते

images
images
images

मौलिक परिकारको प्रवरद्धन गर्न रैथाने महोत्सव

मौलिक परिकारको प्रवरद्धन गर्न रैथाने महोत्सव

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • झापा, १७ माघ । मेचीनगर–१० स्थित धुलाबारीमा मौलिक खानाको प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यले तीन दिवसीय रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको छ ।

    images
    images

    नन्दा करिडर प्रवर्द्धन केन्द्रको आयोजनामा यही माघ १५ गतेदेखि सुरु भएको उक्त महोत्सवमा ३० हजारभन्दा बढी अवलोकनकर्ताले स्थानीय समुदायको रैथाने परिकारको स्वाद चाखेको आयोजक समितिका अध्यक्ष धमेन्द्र खड्काले बताउनुभयो । पर्यटकीय महत्वको नन्दा करिडरमा सञ्चालन भएको महोत्सवमा नेवार, राई, धिमाल, दनुवार, किसान र मेचे समुदायका परम्परागत तथा रैथाने खानाका परिकार र सांस्कृतिक झाँकीहरू प्रदर्शनी गरिएका थिए ।

    विभिन्न जातजातिको मौलिक पहिचान, संस्कार र संस्कृति झल्काउने चित्रकलासमेत उत्सवमा प्रदर्शन गरिएको तथा महोत्सवलाई मेचीनगर नगरपालिका र पर्यटन कार्यालय काँकरभिट्टाले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । हरेक वर्ष उक्त स्थानमा रैथाने खानाको संरक्षण, प्रचार र जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको छ । पर्यटकीय पूर्वीद्वार मेचीनगरमा सयौँ जातजातिको बसोबास छ । रैथाने खानाको महोत्सवले मौलिक पहिचान र परम्परालाई संवर्द्धन गर्न मद्दत पुगेको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले बताए ।

    images
    images

    पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले महोत्सवले पर्यटकीय चहलपहल बढाएको र नयाँ पुस्तालाई आफ्नो परम्परागत खानपानसँग परिचित गराउने अवसर प्रदान गरेको बताउनुभयो । मेचीनगरमा पहाडी र तराई मूलका सयौँ जातजातिको मिश्रित बसोबास छ । आदिवासी जनजाति मेचे समुदायको ऐतिहासिक बसोबास रहेको मेचीनगरमा धिमाल, दनुवार, राजवंशी, सन्थाल र किसानजस्ता अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको ठूलो हिस्साको बसोबास छ।

    महोत्वसमा स्थानीय प्रमुख रैथाने परिकारहरू घोँगी, भक्का, योमरी, छोयला, कचिला, किनेमा, सेलरोटी, पेलका, माछाका परिकार, गँगटा, कन्दमूलका परिकार, ढिँडो, गुन्द्रुक, कोदोको रोटीलगायत विभिन्न परिकार बिक्रीका लागि कक्षमा राखिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend