images

२०८३ आश्विन १६ गते

images
images
images

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दुई हजार ७६६ जना निर्वाचन प्रहरी (म्यादी) खटाइने भएको छ । निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार लिखित र अन्तर्वार्ता परीक्षामार्फत वैकल्पिकसहित दुई हजार ९४० जनाको नाम प्रकाशित गरिएको हो । एक सय ७४ जनाको नाम वैकल्पिकमा राखिएको छ । उनीहरूलाई यही माघ १८ गतेदेखि तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए । 

    images
    images

    उनका अनुसार निर्वाचनमा नेपाल प्रहरीतर्फ दुई हजार ४४१ र सशस्त्र प्रहरी बल नेपालतर्फ ३२५ जना निर्वाचनमा खटिने छन् । जिल्ला प्रहरी कार्यालयसहित इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय गीतानगर, इलाका प्रहरी कार्यालय भण्डारा, इलाका प्रहरी कार्यालय खैरहनी, इलाका प्रहरी कार्यालय चनौली, इलाका प्रहरी कार्यालय माडी, इलाका प्रहरी कार्यालय मुग्लिन, इलाका प्रहरी कार्यालय जुटपानी र वडा प्रहरी कार्यालय नारायणगढमा निर्वाचन प्रहरीलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।माघ २५ गतेदेखि निर्वाचन प्रहरी कार्यक्षेत्रमा खटिने छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को मातहतमा निर्वाचन प्रहरी परिचालन हुनेछन् । एक महिनासम्म काम गरेर २५ फागुनमा निर्वाचन प्रहरीलाई बिदाइ गरिने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend