images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • यस्तो छ बालेनको आजको १९ कार्यक्रम,...

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

यस्तो छ बालेनको आजको १९ कार्यक्रम, कहाँ कहाँ पुग्दैछन् ?

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘जनसम्पर्क तथा अभिवादन अभियान’ का लागि आज सुदूरपश्चिम भ्रमणमा छन् ।नेता शाहले आज एकैदिन कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पुगेर सर्वसाधारणसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।सार्वजनिक गरिएको कार्यतालिका अनुसार अभियानको सुरुवात आज बिहान ७ बजे कैलालीको राजापुरबाट हुनेछ । त्यहाँ स्वागत तथा अभिवादन कार्यक्रम सकिएपछि उनी टिकापुर प्रस्थान गर्ने छन् ।

    images
    images

    बिहान ८ देखि ९ बजेसम्म टिकापुर बजारस्थित घन्टाघर र कुमारी बैंक नजिकै विशेष कार्यक्रम आयोजना गरिएको छ ।त्यसपश्चात नेता बालेन लम्की बजार, लम्की–बर्दगोरिया, सुखड, पहलमानपुर, मसुरीया र चौमाला हुँदै अत्तरिया पुग्ने कार्यक्रम छ।अत्तरियाको घन्टाघरमा दिउँसो १ बजे खाजा तथा संक्षिप्त भेटघाट कार्यक्रम तय गरिएको छ । दिउँसो २:३० देखि ३:३० सम्म धनगढी बजारमा स्वागत तथा अभिवादन कार्यक्रम हुनेछ ।

    कञ्चनपुरको तालिका

    images
    images

    कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३:३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।साँझ ६:१० देखि ७:०० बजेसम्म महेन्द्रनगर बजारको घन्टाघर वा मदन चोकमा अन्तिम स्वागत कार्यक्रम राखिएको छ ।दिनभरिको व्यस्त तालिकापछि उनी आज राति कञ्चनपुरमै रात्रि विश्राम गर्ने आयोजकले जनाएको छ । यस अभियानलाई रास्वपाले संगठन स्तार र जनताको सुझाव संकलन गर्ने महत्वपूर्ण कडीका रूपमा हेरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend