images

२०८३ आश्विन १५ गते

images
images
images

मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब

मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • काठमाडौं- नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ। चालु आर्थिक वर्ष २०८२र८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। हाल सरकारले तिर्न बाँकी कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ९५ प्रतिशतबराबर हुन आउँछ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रुपैयाँ र आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रुपैयाँ छ। कुल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६० र बाह्य ऋणको अनुपात २४ दशमलव ३५ प्रतिशत छ।

    images
    images

    सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ९५ अर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। अर्धवार्षिक समीक्षा अवधिसम्ममा २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ प्राप्ति भइसकेको छ, जुन वार्षिक लक्ष्यको ३६ दशमलव ०२ प्रतिशत हुन आउँछ।पछिल्लो ६ महिनामा सरकारले उठाएको ऋणमा आन्तरिक ऋणको हिस्सा ८२ दशमलव ८१ र बाह्य ऋणको हिस्सा १७ दशमलव १९ प्रतिशत रहेको कार्यालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा १ खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख रुपैयाँबराबर उठाइसकेको छ। त्यस्तै बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म ३६ अर्ब ८९ करोड २२ लाख रुपैयाँ मात्रै उठाएको छ।सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा पनि पछिल्लो ६ महिनामा ठूलो रकम खर्च भएको छ। सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा गत पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। जसमध्ये आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीका लागि १ खर्ब ५५ अर्ब १३ लाख ५४ हजार रुपैयाँ र बाह्य ऋण तिर्नका लागि ३१ अर्ब ९९ करोड १२ रुपैयाँ खर्च भएको छ।

    त्यस्तै आन्तरिक र बाह्य दुवै शीर्षकका ऋणको साँवा भुक्तानीका लागि पछिल्लो ६ महिनामा १ खर्ब ५२ अर्ब ८९ करोड रुपैयाँ र ब्याज भुक्तानीका लागि ३४ अर्ब २३ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। कुल गार्हस्थ्य उत्पादनको आधारमा पुस मसान्तसम्मको कुल ऋण सेवा खर्च तीन दशमलव ०६ प्रतिशत हुन आउँछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend