images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी...

पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा वितरण गरिएको हो भने धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूलाई सम्बन्धित बैंकको नो अब्जेक्सन लेटर वा फुकुवापत्रपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीले आर्थिक वर्ष ०७३/७४ देखि अधिकांश वर्ष लाभांश वितरण गर्दै आएको भए पनि गत वर्ष करसमेत ११ प्रतिशत नगद लाभांश दिएको तुलनामा यस वर्ष हालसम्मकै न्यून ५ प्रतिशत लाभांश वितरण गरिएको हो । आन्दोलनका क्रममा होटलका संरचनामा ठूलो क्षति पुगेकाले हाल मर्मतसम्भारका कारण होटल पूर्ण रूपमा बन्द छ र पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी र १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको कम्पनी होटल बन्द रहँदा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा पुगेको छ, जबकि गत वर्ष यही अवधिमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend