जनकपुरधाम । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फ मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।यसअघि एमालेले महोत्तरी र सर्लाही, पर्सासहितका केही निर्वाचन क्षेत्रमा बाँकी राखेर अधिकांश क्षेत्रको उम्मेदवार घोषणा गरेको थियो । रिक्त ती क्षेत्रमा समेत उम्मेदवार टुङ्गिएको एमालेले सोमबार जनाएको हो ।नेकपा एमालेका मधेस प्रदेश समितिका सचिव मनोज पौडेलका अनुसार सप्तरी क्षेत्र नम्बर १ मा सुमनराज प्याकुरेल, क्षेत्र नम्बर २ मा जिया उल हक अन्सारी, क्षेत्र नम्बर ३ मा ताराकान्त चौधरी र क्षेत्र नम्बर ४ मा गंगाप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ ।
यस्तै, सिरहा क्षेत्र नम्बर १ मा केदारनाथ यादव, क्षेत्र नम्बर २ मा नवीनकुमारी यादव, क्षेत्र नम्बर ३ मा लिलानाथ श्रेष्ठ र क्षेत्र नम्बर ४ मा बिल्टु साहलाई उम्मेदवारीको टिकट दिइएको छ ।धनुषा क्षेत्र नम्बर १ मा रामचन्द्र मण्डल, क्षेत्र नम्बर २ मा उमाशंकर अरगरिया, क्षेत्र नम्बर ३ मा जुली कुमारी महतो र क्षेत्र नम्बर ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाइएको छ ।महोत्तरी क्षेत्र नम्बर १ मा लक्ष्मी महतो कोइरी, क्षेत्र नम्बर २ मा रामपरीक्षण यादव, क्षेत्र नम्बर ३ मा मनोज कुमार सिंह र क्षेत्र नम्बर ४ मा सरोज कुमार यादव उम्मेदवार बनेका छन् ।सर्लाही क्षेत्र नम्बर १ मा मनोज देवकोटा, क्षेत्र नम्बर २ मा धर्मेन्द्र राई, क्षेत्र नम्बर ३ मा हरिप्रसाद उप्रेती र क्षेत्र नम्बर ४ मा रवि सिंह कुशवाहालाई एमालेले उम्मेदवार बनाएको छ ।
रौतहट क्षेत्र नम्बर १ मा अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ मा शैलेन्द्र साह, क्षेत्र नम्बर ३ मा कुन्दन प्रसाद कुशवाहा र क्षेत्र नम्बर ४ मा रामजी साहलाई उम्मेदवार बनाइएको छ ।बारा क्षेत्र नम्बर १ मा अच्युत प्रसाद मैनाली, क्षेत्र नम्बर २ मा बलवीरप्रसाद चौधरी, क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह र क्षेत्र नम्बर ४ मा कृष्ण कुमार श्रेष्ठ उम्मेदवार भएका छन् ।त्यसैगरी पर्सा क्षेत्र नम्बर १ मा प्रदीप कुमार यादव, क्षेत्र नम्बर २ मा रिमा कुमारी यादव, क्षेत्र नम्बर ३ मा प्रमोद जयसवाल र क्षेत्र नम्बर ४ मा जालीम मियालाई उम्मेदवार बनाइएको छ ।




.gif)





