images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बालेन शाह आज रास्वपाको केन्द्रीय समिति...

बालेन शाह आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने

बालेन शाह आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुने

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएर रास्वपा बैठकमा सहभागी हुने चर्चा भए पनि उनी राजीनामा नदिई बैठकमा सहभागी हुन लागेका हुन् । 

    images
    images

    रास्वपाले आइतबार दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बस्नुअघि बालेन १ बजे केन्द्रीय कार्यालय वनस्थली पुग्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक सकिए लगत्तै सभापति रवि लामिछाने र वरिष्ठ नेता समेत रहेका बालेन लगायत नेताहरू साँझ मधेस प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको छ । रास्वपा र बोलन समूहबिच पुस १३ गते एकता भएको थियो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend