काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको आयोजनामा आज काठमाडौँमा वृहत् जनप्रदर्शन एवं जनसभा हुँदैछ।आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो चुनावी अभियानको औपचारिक थालनी गर्न यो प्रदर्शन आयोजना गरेको हो।भृकुटीमण्डपबाट १२ बजे सुरु हुने जनप्रदर्शन विभिन्न भागको परिक्रमा गरी प्रज्ञाभवन, कमलादीमा पुगेर सभामा परिणत हुनेछ।
जनसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले प्रदर्शन निर्वाचन केन्द्रित विशेष अभियानको एक हिस्सा भएको बताए ।एमालेले केही विवादित क्षेत्रबाहेक अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाइसकेको छ।आजको यस प्रदर्शनलाई एमालेले काठमाडौँमा आफ्नो चुनावी शक्ति प्रदर्शनका रूपमा लिएको छ।




.gif)



