काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन्। नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी हुन्।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन्। बैंकको सञ्चालक पदमा नियुक्तभएकोमा अनुपा प्रधान राजभण्डारीलाई बैंकले सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।




.gif)



