images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • छिमेक लघुवित्त वित्तीय संस्था लि.को २४औं...

छिमेक लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारण सभा सम्पन्न

छिमेक लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारण सभा सम्पन्न

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • छिमेक लघुवित्त वित्तीय संस्था लि.को २४औंं वार्षिक साधारण सभा हेटांैडाको होटल सामना प्रा.लि.मा मिति २०८२ पौष २९ गते मंगलवार वित्तीय संस्थाका अध्यक्ष श्री रामचन्द्र जोशीज्यूको अध्यक्षतामा सम्पन्न भयो । सो सभामा वित्तीय संस्थाका अध्यक्ष ज्यूबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

    images
    images

    काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख ४० हजार ३ सय ७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८१÷८२ मा १ अर्व २१ करोड ५४ लाख २५ हजार २४० रुपैंया ३७ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शेयरधनीहरुलाई आ.व.२०८१÷८२ को मुनाफावाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरि कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय यस साधारण सभाले गरेको छ ।

    त्यसै गरी यस वित्तीय संस्थाको चुक्ता पूँजी रु ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८ सय ६८ रुपैंया बाट बृद्धि गरि ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १ सय १ रुपैंया ५० पैसा पु¥याउने निर्णय समेत यस साधारण सभाले गरेको छ । यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दिपक निधि तिवारीज्यूले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तब्य राख्नु भएको थियो । साथै यस वित्तीय संस्थाको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागि श्री प्रकाश राज विष्ट निर्विरोध निर्वाचित हुनु भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend