images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी...

सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा

सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा अस्थायी प्रहरी जनशक्ति निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ । भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक युवाहरूको लर्को लागेको छ । निर्वाचन सुरक्षा योजना अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । जनसंख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ, जसमा सबैभन्दा धेरै जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ । 

    images
    images

    तथ्यांक अनुसार कैलाली जिल्लाका लागि सर्वाधिक ४ हजार ९८ जनाको कोटा तोकिएको छ भने दार्चुलाका लागि ९३० जना मात्र माग गरिएको छ । कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२ र बझाङमा १ हजार ५८० जना भर्ना गरिनेछ । त्यस्तै बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६० र डडेल्धुरामा १ हजार ४० जना निर्वाचन प्रहरी छनोट गरिने उल्लेख छ । नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ को मापदण्डमा आधारित रहेर यो भर्ना प्रक्रिया अघि बढाइएको हो । सुदूरपश्चिममा प्रतिनिधिसभा तर्फका १६ निर्वाचन क्षेत्र र प्रदेशभर कायम गरिएका १ हजार १७६ मतदानस्थलको सुरक्षा व्यवस्थापनमा यो जनशक्ति परिचालन हुनेछ ।आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा देखिएको युवाहरूको उत्साहले निर्वाचनको सरगर्मी बढेको संकेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend