images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • १८ महिनापछि सिमलताल दुर्घटना त्रिशूली किनारमा...

१८ महिनापछि सिमलताल दुर्घटना त्रिशूली किनारमा बसको अवशेष फेला

१८ महिनापछि सिमलताल दुर्घटना त्रिशूली किनारमा बसको अवशेष फेला

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एक बसको अवशेष १८ महिनापछि फेला परेको छ। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको भागतर्फको ड्राइभर साइडको चक्का (डिस्ट) तथा केही टिनका टुक्रा फेला परेका हुन्।

    images
    images

    आइतबार बिहान त्रिशूली नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसका केही भाग देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ।

    चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालका अनुसार गाडिएको अवस्थामा भेटिएको बसको अवशेषबारे थप अनुसन्धान भइरहेको छ। आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा कुन बस हो भन्ने पहिचान गरिने उनले बताए।

    images
    images

    २०७१ साल असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। दुर्घटनामा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस परेका थिए।

    दुर्घटनाका समयमा दुई बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो। बाँकी ५१ जना यात्रु अझै बेपत्ता छन्।

    बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो। लामो समयसम्म खोजी गर्दा पनि बस फेला नपरेपछि खोजी कार्य स्थगन गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend