images

२०८३ आश्विन १८ गते

images
images
images

सुदन किराती र हर्क साम्पाङबिच भेटवार्ता

सुदन किराती र हर्क साम्पाङबिच भेटवार्ता

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • सुनसरी । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किराती र धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच धरानमा भेटवार्ता भएको छ। दुई नेताबीच आज धरानमा भेटवार्ता भएको हो ।भेटका क्रममा देशको वर्तमान संकट, विकासका चुनौती र समाधानका उपायहरूबारे  छलफल भएको किरातीले बताए। देश अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको ठहर गर्दै दुवै नेताले यसको समाधानका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा विचार विमर्श गरेका थिए।

    images
    images

    वार्ताका क्रममा मुख्य गरी दुईवटा विषयमा केन्द्रित रहेर छलफल भएको थियो। पहिलो, देशलाई वर्तमान संकटबाट निकास दिँदै विकासको गतिमा कसरी अगाडि बढाउने भन्ने र दोस्रो, आगामी निर्वाचनहरूमा कसरी चुनावी सहकार्य गरेर जान सकिन्छ भन्ने विषयमा दुई नेताबीच प्रारम्भिक  कुराकानी भएको बताइएको छ।भेटपछि नेता सुदन किरातीले देशको हित र विकासका लागि समान धारणा राख्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए । दुवै नेताबीच आगामी दिनमा पनि यस्ता छलफललाई निरन्तरता दिने समझदारी भएको उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend