images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • माछापुच्छ्रे बैंकले सुरु गर्‍यो 'क्यूआर मर्चेन्ट...

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो 'क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट' लोन सेवा

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो 'क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट' लोन सेवा

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ। विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरुलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको छ।डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई  छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यूआर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो।

    images
    images

    यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबीएल एम स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ। स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ। बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend