images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी...

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकिकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदद्वारा जारी सूचनामा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकिकृत (नेपाल प्रहरी-सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उल्लेख छ ।चार निर्वाचनक्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदानकेन्द्र र चार लाख ३१ हजार २८२ मतदाता कायम भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend