images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सशस्त्र प्रहरीका तीन डीआईजी आज रातिदेखि...

सशस्त्र प्रहरीका तीन डीआईजी आज रातिदेखि अनिवार्य अवकाशमा

सशस्त्र प्रहरीका तीन डीआईजी आज रातिदेखि अनिवार्य अवकाशमा

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन्। ठीक एक वर्षअघि एक वर्षे म्याद थप पाएका चार जना डीआईजीमध्ये तीन जना अवकाशप्राप्त बन्न लागेका हुन्। जसमध्ये एक जना भने संगठनको एआईजी छन्।आज रातिदेखि अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्। उनीहरूसँगै म्याद थप पाएका गणेशबहादुर ठाडामगर भने यसबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा भइसकेका छन्। सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ।

    images
    images

    सोही दफाको उपनियम (२) मा आईजीको सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। यही प्रावधानका आधारमा गत वर्ष तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पदावधि सकिन केही घण्टा बाँकी रहँदा उनीहरूको एक वर्ष म्याद थप गरेको थियो।अवकाशमा जान लागेका डीआईजीहरूमध्ये कमल गिरी ३ असार २०५६ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरी पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। कुलबहादुर नेम्वाङ उनीपछिको वैकल्पिक सूचीमा परेका थिए। शम्भु सुवेदी भने वर्तमान आईजीपी राजु अर्याल तथा एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालकै ब्याचका अधिकृत हुन्। उनीहरू १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए।

    तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम २ बैशाख २०८२ को मध्यराति ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएपछि एआईजी बढुवाका लागि कमल गिरी र गणेश ठाडामगरबीच कडा प्रतिस्पर्धा भएको थियो। वरीयतामा दोस्रो स्थानमा रहेका ठाडामगरलाई तत्कालीन सरकारले एआईजीमा बढुवा गरेपछि पहिलो वरीयताका गिरी भने आज अनिवार्य अवकाशमा जान बाध्य भएका हुन्।एआईजी बढुवाका लागि त्यसबेला आठ जनाले आवेदन दिएका थिए। बढुवा भएमा तीन वर्षपछि संगठन प्रमुख बन्न सक्ने र नभए डीआईजीबाटै अवकाशमा जानुपर्ने अवस्थाका कारण यो बढुवा प्रक्रिया सबैका लागि निर्णायक बनेको थियो। गत पुस २३ गते मात्रै एक वर्ष म्याद थप पाएका उनीहरू आज रातिदेखि औपचारिक रूपमा सेवा निवृत्त हुनेछन्। उनीहरूको रिक्त दरबन्दीमा भने अब बढुवा गरिने छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend