images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सूर्यकुण्डको स्थानीयका लागि आईपीओ भर्ने आज...

सूर्यकुण्डको स्थानीयका लागि आईपीओ भर्ने आज अन्तिम दिन

सूर्यकुण्डको स्थानीयका लागि आईपीओ भर्ने आज अन्तिम दिन

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ल्याएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस ९ गतेदेखि निष्काशनमा ल्याएको आईपीओ आजसम्म भर्न सकिने भएको हो ।कम्पनीको जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँमध्ये २० प्रतिशत बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये आधा अर्थात् जारी पूँजीको १० प्रतिशत बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।

    images
    images

    उक्त शेयरमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend