images

२०८३ आश्विन १६ गते

images
images
images

विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । नेपालका विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।यो विमानस्थलले गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा १२ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको सबैभन्दा बढी आम्दानी गर्ने, कर्मचारी पाल्ने र विकास निर्माणमा समेत खर्च गर्न पुर्याउने काठमाडौं विमानस्थल हो । यो विमानस्थलले पछिल्लो एक वर्षमा करिब १३ अर्ब रुपैयाँ आम्दानी गर्दा सबैभन्दा कम आम्दानी गर्नेमा भने खोटाङको लामिडाँडा विमानस्थल रहेको छ ।

    images
    images

    त्रिभुवन विमानस्थल यात्रु सेवाका हिसाबले पनि पहिलो नम्बरमा आउँछ । यो विमानस्थलबाट पछिल्लो एक वर्षमा आन्तरिकबाट ३७ लाख १८ हजार र अन्तर्राष्ट्रिय उडानबाट ४० लाख ९८ हजार यात्रुलाई सेवा दिएको छ ।७८ लाख यात्रुलाई सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामा सेवा दिएको यो विमानस्थलमा १ लाख १२ हजार ७९३ वटा उडान भएको थियो ।लामिडाँडामा पछिल्लो एक वर्षमा एक पटक मात्रै हेलिकप्टर अवतरण भएको र त्यसबाट विमानस्थलले जम्मा ७२८ रुपैयाँ आम्दानी गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा पनि लामिडाँडा विमानस्थलले ४७४ रुपैयाँ मात्र कमाइ गरेको थियो ।

    तथ्यांक अनुसार सबैभन्दा बढी कमाउने विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रियपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा ३६ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ ।पोखरा विमानस्थल काठमाडौं बाहिरका विमानस्थलमध्ये सबैभन्दा बढी आन्तरिक उडान हुनेमा पर्छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा करिब ८ लाख यात्रुलाई सेवा दिएको छ ।पोखरा विमानस्थलले सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामा ७ लाख ९८ हजार यात्रुलाई सेवा दिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यो अवधिमा पोखरामा २४ हजारवटा उडान भएको छ । यसमध्ये १२ हजार ४८ उडान र सोही नै संख्यामा अवतरण भएको पनि तथ्यांकले देखाएको छ ।गत आर्थिक वर्षमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थल नेपालका उत्कृष्ट आम्दानी गर्ने तीन विमानस्थमा पर्छ । यो काठमाडौं र पोखरापछि धेरै यात्रु दिने विमानस्थलमा परेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यहाँबाट आन्तरिक उडान नै अघिक भएको छ ।

    images
    images

    गौतमबुद्ध विमानस्थलले बार्षिक ६ लाख ७५ हजार यात्रुलाई आन्तरिक उडानको सेवा दिँदा अन्तर्राष्ट्रियतर्फ भने जम्मा १३ हजार मात्रै छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०२५ को जनावरीदेखि नोभेम्बरसम्ममा यो विमानस्थलबाट ६ लाख ८८ हजार यात्रुलाई सेवा दिएको छ । यही सेवाबाट विमानस्थलले करिब २९ करोड रुपैयाँ आम्दानी गर्ने क्षमता बनाउन सकेको देखिएको छ ।हव एयरपोर्टका रुपमा परिचित विराटनगर र नेपालगन्जबाट भएको उडान अवतरण अन्य विमानस्थलको तुलनामा उल्लेख्य छ । विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा १९ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यसले एक वर्षमा दिएको यात्रु सेवा भने करिब साढे ६ लाख छ ।नेपालन्जले पनि गत आर्थिक वर्षमा १४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गर्ने विमानस्थलले सन् २०२५ को ११ महिनामा करिब ५ लाख यात्रुलाई हवाई उडान सेवा दिएको छ ।उड्डयन प्राधिकरणले देशभरका विमानस्थल लगायतबाट १४ अर्ब ६९ करोड ३ लाख ३१ हजार रुपैयाँ कमाएको छ ।

    कुन विमानस्थलको आम्दानी कति ?

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend