images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • गुल्मीको अर्जे राम्चेमा बसले मोटरसाइकललाई ठक्कर...

गुल्मीको अर्जे राम्चेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

गुल्मीको अर्जे राम्चेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ जना घाइते

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • बुटवल । गुल्मीमा विद्यार्थी बोकेर वनभोज हिँडेको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।पिकनिकका लागि हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले शुक्रबार लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीको मालिका गाउँपालिका–६ का ३६ वर्षका वसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।बसले मालिका–७ अर्जे राम्चेको ओरालोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    images
    images

    दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका बालक अनुभव गिरी घाइते भएका छन् । यस्तै सोह्यी दुर्घटनामा पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लीला अर्याल समेत घाइते भएकी छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बस स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई वनभोज लैजान हिँडेको थियो । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend