images

२०८३ आश्विन २० गते

images
images
images
  • बैंक वित्त
  • यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को...

यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को अवैध कारोबार

यी पाँच तरिकाबाट बढ्दैछ ‘भर्चुअल सम्पत्ति’को अवैध कारोबार

images
images
बिहिवार, पौष १७ २०८२
बिहिवार, पौष १७ २०८२
  • काठमाडौं । नेपालमा अवैध माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार बढ्दै पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको रिपोर्टले विभिन्न पाँचवटा माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार हुने गरेको र यो कारोबार बढ्दै गएको देखाएको हो ।यसरी भर्चुअल सम्पत्तिको कारोबार हुने माध्यमहरूमा हुण्डी र अवैध विदेशी विनिमय, अनलाइन ठगी, मनी म्युल, व्यवसायिक आवरण र अनलाइन बेटिङ प्रमुख  रहेका छन् ।इकाइका अनुसार विदेशबाट पैसा पठाउन वा प्राप्त गर्न क्रिप्टोकरेन्सीलाई माध्यम बनाएर बैंकिङ च्यानल छल्ने प्रवृत्ति रहेको छ । त्यस्तै, बढी नाफाको लोभ देखाएर अनलाइनमार्फत रकम ठग्ने र त्यसलाई क्रिप्टोमा बदल्ने गरेको पाइएको छ ।

    images
    images

    परिवार वा साथीभाइको वा अन्य व्यक्तिको खातालाई म्युल खाताको रुपमा प्रयोग गरी क्रिप्टोको पैसा ओसारपसार गर्ने कार्य हुने गरेको छ ।कल सेन्टर लगायत दर्ता भएको वैध व्यवसायको आवरणमा क्रिप्टो ट्रेडिङ गर्ने हुने गरेको राष्ट्र बैंकले जनाएको छ । त्यही क्रिप्टोकरेन्सी प्रयोग गरेर अनलाइन जुवा खेल्ने वा खेलाउने र यसैको नाममा कारोबार गर्ने समेत उल्लेख गरिएको छ ।भर्चुअल कारोबारको यो संख्या र दर क्रमशः बढ्दै गरेको समेत पाइएको छ । राष्ट्र बैंकमा भएको शंकास्पद कारोबारसम्बन्धी रिपोर्टले यो अवस्था देखाएको हो ।

    सन् २०२१ मा राष्ट्र बैंकमा १३ वटा शंकास्पद कारोबारसम्बन्धी रिपोर्ट भएकोमा २०२४ मा यो संख्या बढेर २५२ पुगेको वित्तीय जानकारी इकाइले जनाएको छ । कुल रिपोर्टमध्ये ९१ प्रतिशत रिपोर्ट वाणिज्य बैंकहरूले गरेका छन्। त्यसमध्ये  २३२ वटा रिपोर्ट थप अनुसन्धानका लागि नेपाल प्रहरीमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।हालसम्मको रिपोर्टमा अवैध भर्चुअल सम्पत्ति कारोबारका ७५ प्रतिशत संदिग्ध व्यक्तिहरू २१ देखि ३५ वर्ष उमेर समूहको युवाहरू रहेका छन्। यस्तो कारोबारमा सबैभन्दा बढी २९ प्रतिशत विद्यार्थी तथा २१ प्रतिशत कर्मचारीहरू संलग्न पाइएका छन्।कानुनी प्रतिबन्धका बावजुद प्रविधिको प्रयोग गरी सीमापार अवैध लगानी र रकम ओसारपसार भइरहनु मुख्य चुनौतीको रूपमा रहेको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को सदस्य देशका आधिकारिक डिजिटल मुद्रा बाहेक अन्यलाई अवैध भर्चुअल सम्पत्ति मानेको छ । बिटक्वाइन, इथेरियम क्रिप्टोकरेन्सी स्टेबलकोइन्स, एनएफटी लगायतलाई यस अन्तर्गत समावेश गरिएको छ ।

    images
    images

    अवैध भर्चुअल सम्पत्तिको कारोबार बढेको निष्कर्ष निकालिए पनि अहिलेसम्म नेपालीहरुले त्यस्तो सम्पत्तिमा कति होल्ड रहेको छ भन्ने अनुमान भने राष्ट्र बैंकले गर्न सकेको छैन ।तर, केन्द्रीय अनुसन्धान ब्यूरोले एउटै अन्तर्राष्ट्रिय नेटवर्कबाट ३ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन वित्तीय ठगी र क्रिप्टोकरेन्सी कारोबार भएको पत्ता लगाएको, राजस्व अनुसन्धान विभागले एउटै परिवारका सदस्यविरुद्ध ३७ करोड रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको तथा केही अनलाइन जुवा र क्रिप्टो कारोबार गर्ने समूहहरूले एउटै घरबाट दैनिक ३ हजार अमेरिकी डलरसम्मको कारोबार गर्ने गरेको पाइएको भन्दै यसको हिस्सा ठूलो रहेको राष्ट्र बैंको निष्कर्ष रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend