images

२०८३ आश्विन १५ गते

images
images
images

स्पोर्ट्स अवार्डसँग जोडियो रारा चाउचाउ

स्पोर्ट्स अवार्डसँग जोडियो रारा चाउचाउ

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई साथ दिने भएको छ । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही २३ पुसमा पोखरामा हुँदै छ । एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र हिमश्रीका प्रबन्ध निर्देशक प्रकाश केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एनएसजेएफले अवार्डसँगै स्पोर्ट्स समिटको पनि आयोजना गर्दै छ । उक्त समिट अवार्डको अघिल्लो दिन २२ पुसमा हुनेछ ।

    images
    images

    अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ, जस वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड छन् ।

    खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका विजय सिन्जाली (उसु), इभाना थापा (टेबुलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालसँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend