images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • नेपालमा सन् २०२५ मा प्रेस स्वतन्त्रता...

नेपालमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका घटना झण्डै तेब्बर बढे

नेपालमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका घटना झण्डै तेब्बर बढे

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं । सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बरले वृद्धि भएको छ । नेपाल पत्रकार महासंघले गरेको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ घटना अभिलेख भएका छन् ।ती घटनाबाट २१८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका थिए । महासंघका अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता उल्लंघनको अवस्था निकै भयावह बनेको छ ।

    images
    images

    यस वर्ष दुई जना पत्रकारको मृत्यु भएको महासंघले जनाएको छ । गत मार्च २८ मा तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । त्यसैगरी पत्रकार अजय गोर्खालीको मृत्यु र त्यसपछि सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइका आधारमा उनको मृत्यु पनि रहस्यको घेराभित्र रहेको आशंका गरिएको महासंघको भनाइ छ ।महासंघले सन् २०२५ मा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने खालका केही कानुनी प्रबन्ध अघि बढाएको पनि जनाएको छ । २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्रै प्रेस स्वतन्त्रता हननका २६ घटना भएका छन् । ती घटनाबाट एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । भदौ २४ गते भएको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । महासंघका अनुसार संस्थागततर्फ करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ १८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।

    सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलको रेडियो जागरण, इलामका नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवन र सप्तरीका विभिन्न सञ्चारगृह तथा महासंघ शाखा कार्यालयमा आगजनी र लुटपाट गरिएको महासंघले जनाएको छ ।महासंघको विमतिका बाबजुद संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत सञ्चारसम्बन्धी विधेयकहरू समितिबाट अघि बढिरहेका बेला जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनका कारण संघीय संसद नै विघटन भएको महासंघले जनाएको छ । साथै सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामाथि असर पार्ने खालका रहेको ठहर गरिएको छ ।महासंघका अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि हुनुका कारण आन्दोलन, कानुन र नीति सुधारमा निष्क्रियता, लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभाव, पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक संकट, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा बढ्दो जोखिम रहेका छन् ।

    images
    images

    आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा महासंघले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् र मुलुक लोकतान्त्रिक मार्गमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ । साथै निर्वाचनका क्रममा हुन सक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन प्रेस जगत र सरोकारवालालाई आह्वान गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend