images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १०.८७ अंकको वृद्धि, ५ अर्ब...

नेप्सेमा १०.८७ अंकको वृद्धि, ५ अर्ब १३ करोडको कारोबार

नेप्सेमा १०.८७ अंकको वृद्धि, ५ अर्ब १३ करोडको कारोबार

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं। साताको चौथो कारोबार दिन नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३४२ कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाखको सेयर कारोबार भएको छ । आज १६३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज ग्रीन भेन्र्चसको सर्वाधिक १७ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा बन्दीपुर केबलबारको १५ करोड ८८ लाख रुपैयाँ र तेस्रोमा श्रीनगर एग्रीटेकको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एसवाई प्यानल र ङादी ग्रुपका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस्तै, पिओर इनर्जीका लगानीकर्ताले ६.४७ प्रतिशतका दरले कमाएका छन् ।विन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend