images

२०८३ आश्विन २० गते

images
images
images

आज पनि राष्ट्र बैंकले ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

आज पनि राष्ट्र बैंकले ऋणपत्रमार्फत २५ अर्ब झिक्दै

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौँ । आज पनि राष्ट्र बैंकले एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत आज (मंगलबार) राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको हो । दश वर्षपछि राष्ट्र गत सोमबार राष्ट्र बैंकले पहिलो पटक ऋणपत्र मार्फत २५ अर्ब रुपैयाँ झिकेको थियो । आज फेरी सोही ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंक ऋणपत्र एक वर्ष वा बढी समयावधिका लागि बजारबाट पैसा झिक्दा उपयोगमा ल्याइने उपकरण हो ।

    images
    images

    'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ नाम दिइएको उक्त ऋणपत्रमा पुस १६ (आज) २०८२ मध्याह्न २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ ।उक्त ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने ६/६ महिनामा ब्याज भुक्तानी हुनेछ । एक वर्षपछि १६ पुस २०८३ मा ऋणपत्रको साँवा भुक्तानी हुनेछ ।लगानीकर्ताले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सकिने छ ।

    यो ऋणपत्र धितो राखेर बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न ऋण निकाल्न सकिन्छ ।ऋणपत्रमा राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी)ले मात्र खरिद गर्न पाउँछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend