images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आजदेखि सालपा विकास बैंकको आईपीओ बिक्री...

आजदेखि सालपा विकास बैंकको आईपीओ बिक्री खुला

आजदेखि सालपा विकास बैंकको आईपीओ बिक्री खुला

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • काठमाडौं। सालपा विकास बैंकले आज पुस १६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।बैंकले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। बैंकले ५ प्रतिशतले हुनआउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।

    images
    images

    सर्वसाधारण लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।यस आईपीओको निष्कासन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ। बैंकको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend