images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • आजसम्म कायम सेयरधनीहरुले सिनर्जी पावर र...

आजसम्म कायम सेयरधनीहरुले सिनर्जी पावर र कुथेली बुखरीको प्रस्तावित लाभांश पाउने

आजसम्म कायम सेयरधनीहरुले सिनर्जी पावर र कुथेली बुखरीको प्रस्तावित लाभांश पाउने

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं।  सिनर्जी पावर डेभलपमेन्ट र कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले लाभांश र सभा प्रयोजनार्थका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images

    त्यसैगरी सिनर्जी पावर डेभलपमेन्टले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।लाभांश पारित गर्न सिनर्जी पावरले यही पुस २८ गते १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।यस्तै, कुथेली बुखरी स्मलले पुस २९ गते १४ औं वार्षिक साधारण सभा काठमाडौँ बैङ्क्वेट, प्रालि थापागाउँ, नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे सुरु हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend