images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको अध्यक्षमा दिनेश...

उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित

उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित

images
images
शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • महेन्द्रनगर (कञ्चनपुर), १२ पुसः कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको १८ औँ अधिवेशन अन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहेका मल्लको अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुनु ।
     
    यसअघि व्यवसायी हेमराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा मल्ललाई सर्मथन गरेका थिए । 
     
    यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, वाणिव्य उपाध्यक्षमा गणेश चटौत, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन । 

    images
    images

    अन्य पदमा भने निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा प्रदीप पाल, सिद्धराज भट्ट र मीनराज भट्टको उम्मेदवारी परेको छ । सदस्यमा पनि १४ जनाको उम्मेदवारी परेको छ । एक पदमा एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेपछि अब आगामी पुस १९ गते हुने निर्वाचन हुने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend