images

२०८३ आश्विन १७ गते

images
images
images

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१÷८२ का लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेख अन्तर्गत नयाँ बोनसदर लागू हुने छ ।

    images
    images

    विषम आर्थिक परिस्थितिका बीच पनि नेपाल लाइफले आफ्नो बोनसदरलाई स्थिर राख्न सफल भएको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने  बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ । कम्पनीले लिएका रणनैतिक निर्णयहरुका कारणनै बोनसदरलाई स्थिर राख्न सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताउनु भएको छ ।

    सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, जीवन उदय एकल) अन्तर्गत बीमालेखमा० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि प्रतिहजारमा ६५ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्ष बढी अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।

    images
    images

    सावधिक जीवन बीमालेख (जीवन समुनन्त) अन्तर्गत बीमालेखमा० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका र ३० वर्षभन्दा माथि अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ कायम गरिएको छ।सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १÷विकल्प २) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६५ रुपैयाँ कायम कायम गरिएको छ।सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना (विकल्प १) एकल बीमाशुल्क) अन्तर्गतबीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ५५ रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ कायम गरिएको छ।

    सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्यजीवन बीमा योजना)अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ।सावधिक जीवन बीमालेख ( केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ कायम गरिएको छ।सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६० रुपैयाँ तथा २१ देखि २५ वर्ष अवधिका लागि प्रतिहजारमा ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मर ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८२ रुपैयाँ कायम गरिएको छ।

    अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि–१५ वर्ष, जीवन समृद्धि–१५ वर्ष) अन्तर्गत बीमालेखमा १५ वर्षे अवधि र २० वर्षे अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५ वर्ष, धन वर्षा–२० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।
    अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ५६ रुपैयाँ कायम गरिएको छ।अन्य (जीवन सारथी) अन्तर्गत बीमालेखमा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजारमा ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि प्रतिहजारमा ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्म र ३० वर्ष माथि अवधिका लागि प्रतिहजारमा ८५ रुपैयाँ कायम गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend