काठमाडौँ, ६ पुसः दार्चुलामा (शनिबार) राति ८ बजेर ३६ मिनेटमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रबिन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।
पछिल्लो समय देशको पश्चिम क्षेत्रमा बेलाबेला भूकम्प जाने क्रम जारी रहेको छ।
आजको भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




.gif)



