images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ५७ अंकले घट्यो बजार, सात अर्ब...

५७ अंकले घट्यो बजार, सात अर्ब ३६ करोडको कारोबार

५७ अंकले घट्यो बजार, सात अर्ब ३६ करोडको कारोबार

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं ।  शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८० दशमलव ७६ विन्दुमा झरेको छ ।

    images
    images

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    images
    images

    आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ७० लाख कित्ता शेयर सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend