images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • अब बालाजुबाट पनि सवारी लाइसेन्सको ट्रायल...

अब बालाजुबाट पनि सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी

अब बालाजुबाट पनि सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • काठमाडौँ । यातायात व्यवस्था कार्यालय, बालाजुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयका प्रमुख चेतनाथ भट्टराईका अनुसार हालसम्म कार्यालयले सवारी ब्लु–बुक नवीकरण र कर संकलनको काम मात्र गर्दै आएको थियो । अब पूर्ण क्षमतामा  सेवा प्रवाह गर्ने तयारी स्वरुप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको उनले बताए । ‘बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार कार्यालयलाई पूर्ण क्षमतामा लैजान लागिएको हो’ प्रमुख भट्टराईले भने, ‘बालाजु कार्यालयलाई लाइसेन्ससहितको फुल फेजको अफिस बनाउने निर्णय भएको थियो । सोही अनुसार हामीले ट्रायल सेन्टर छनोटको प्रक्रिया अगाडि बढाएका हौँ ।’

    images
    images

    कार्यालयले एक सूचना जारी गर्दै दुई पाङ्ग्रे चार पाङ्ग्रे तथा हेभी सवारी साधनको प्रयोगात्मक परीक्षाका लागि आवश्यक पूर्वाधार र सवारी साधन भाडामा लिन इच्छुक संस्थाहरुबाट शिलबन्दी प्रस्ताव माग गरेको छ ।सूचनाअनुसार वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर र मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक), र वर्ग ‘ग’ (ट्रक, बस र लरी)का लागि प्रस्ताव माग गरिएको हो । प्रस्ताव अनुसार प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) काठमाडौँको बालाजु चोकबाट ५ किलोमिटरको दुरीमा (चक्रपथ भित्र वा बाहिर) हुनुपर्नेछ । ट्रायल सेन्टरमा एकैपटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा सञ्चालन गर्न सक्ने क्षमता भएको हल, चमेना गृह र पार्किङ सुविधा अनिवार्य गरिएको छ । साथै, दुई पाङ्ग्रे, चार पाङ्गेर ठूला सवारीको ट्रायल एकै कम्पाउण्डबाट सञ्चालन हुनुपर्ने शर्त राखिएको छ ।

    ट्रायलका लागि प्रयोग हुने साना सवारी साधन (वर्ग ’क’ र ’ख’) सन् २०१९ वा सोभन्दा पछाडिको मोडेलको हुनुपर्ने कार्यालयले जनाएको छ । ठूला तथा मझौला सवारीको हकमा भने १० वर्ष भन्दा पुरानो हुन नहुने मापदण्ड तोकिएको छ । यस्तै सानो भर्‍याङमा रहेको हालको कार्यालय पनि चालु वर्षभित्रै बालाजुमा सार्ने तयारी भइरहेको उनले बताए । प्रमुख भट्टराईकाअनुसार प्रदेश सरकारको संगठन तथा व्यवस्थापन  सर्वेक्षण अनुसार यसअघि नै बालाजुमा कार्यालय स्थापना गर्ने निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख भट्टराईका अनुसार कार्यालयको नाम बालाजु भए पनि हालसम्म सानोभर्याङबाटै सेवा प्रवाह भइरहेको छ । कार्यालयलाई बालाजु क्षेत्रमै स्थानान्तरण गर्ने योजना रहे पनि बजेट अभाव बाधक बनेको उनले बताए । 

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend