images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्री-ओपन सेसनमा नेप्से परिसूचक १.८२...

प्री-ओपन सेसनमा नेप्से परिसूचक १.८२ अंकले घट्यो

प्री-ओपन सेसनमा नेप्से परिसूचक १.८२ अंकले घट्यो

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) १.८२ अंकले घटेको छ । १.८२ अंकले घट्दै प्रिसेसनमा नेप्से २६३५.९६ को बिन्दुमा झरेको छ ।

    images
    images

    प्रिसेसनमा विशेषगरी हाइड्रो समूहका कम्पनीको कारोबार उच्च रह्यो । कारोबारमा आएका ५२ कम्पनीमध्ये २६ कम्पनीको मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो ।

    प्रिसेसनमा ५ हजार १९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३८ लाख ८१ हजार रुपैयाँको भयो । जसमा सिइडिबी हाइड्रोपावर कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो ।

    images
    images

    यसअघि आइतबार उच्च उतारचढावका बिच सेयर बजार परिसूचक नेप्से ५०.७३ अंकले घट्दै २६३७.७९को बिन्दुमा ओर्लिएको थियो । किन्नेभन्दा बेच्ने बढी हुँदा आइतबार बजारमा गिरावट आएको थियो ।

    जसको प्रभाव दोस्रो कारोबार दिन कायमै रहला वा नरहला भन्न सकिन्न । असोज महिनाका लागि बैंकहरुको ब्याजदर थप घटेको रिपोर्ट सार्वजनिक भइरहँदा त्यसले बजारलाई स्वभाविक बढाउनुपर्ने देखिन्छ । ब्याजदरको सिधा प्रभाव बजारमा पर्ने गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend