images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङको आईपीओ सर्वसाधारणलाई पुस ७...

रिलायन्स स्पिनिङको आईपीओ सर्वसाधारणलाई पुस ७ देखि खुल्ने

रिलायन्स स्पिनिङको आईपीओ सर्वसाधारणलाई पुस ७ देखि खुल्ने

images
images
आइतवार, मंसिर २८ २०८२
आइतवार, मंसिर २८ २०८२
  • २८ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) पुस ७ गतेदेखि खुल्ने भएको छ । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने छ ।

    images
    images

    सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय भई आईपीओ निष्कासन हुनेमा यो दोस्रो कम्पनी हो । यसअघि शिवम् सिमेन्टको आईपीओ मूल्य बुक बिल्डिङ विधिबाट तय भएको थियो ।

    रिलायन्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो । रिलायन्सको आईपीओ निष्कासनका सम्बन्धमा विवाद देखिएपछि बीचमै कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । उच्च अदालतले रिलायन्सको पक्षमा फैसला गरिदिएर आईपीओको बाटो खोलिदिएसँगै रोकिएको प्रक्रिया फेरि अघि बढेको हो ।

    images
    images

    कस्तो छ कम्पनी ?

    कम्पनीले केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनी आफ्नो दायित्व वहनमा सबल स्तरमा रहेको जनाउँछ । २०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ ।९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिनिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।

    युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ ।मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो रकम ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend