images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार...

नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद

नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • नेपालगन्ज, मङ्सिर २६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ । कात्तिक २३ गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १४ हजार ९३२.२० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका सुचना अधिकारी शिवराज घिमिरेले बताउनुभयो । उहाँले जिल्लाका ३९७ जना किसानबाट हालसम्म मोटो धान नौ हजार ९३२.५० क्विन्टल र मध्यम धान चार हजार ९९९.७० क्विन्टल गरेर १४ हजार ९३२.२० क्विन्टल धान खरिद गरिसकेको बताउनुभयो । 

    images
    images

    सूचना अधिकारी घिमिरेका अनुसार बाँकेका लागि तोकिएको कोटामा मध्यम धान पाँच हजार क्विन्टल र मोटो धान १५ हजार क्विन्टल खरिद गर्नुपर्नेमा मध्यम धानको कोटा पुरा भइसकेकोले अबम मोटो धान मात्रै खरिद गरिने बताउनुभयो । उहाँले नेपालगन्जका लागि २० हजार क्विन्टल कोटा निर्धारण भएकोले अब कोटा पुरा हुन करिब पाँच हजार क्विन्टल मात्रै खरिद गर्न बाँकी रहेको बताउनुभयो । जिल्लामा धान बिक्रिका लागि ६२५ जना किसानले सिफारिस जम्मा गरेको जनाउँदै हालसम्म ३९७ जनाले बिक्रि गरिसकेको र कोटा रहुन्जेलसम्म आउनेहरुको धान खरिद गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार कोटा बढाउन केन्द्रमा अनुरोध गर्दा कोटा वृद्धि हुन नसक्ने जवाफ आएकोले अब कोटा नबढ्ने भएको छ ।   

    यस वर्ष जिल्लामा धान उत्पादन विगतको तुलनामा बढी भएकोले खाद्य व्यवस्था कम्पनीले कोटा पनि बढाउनु पर्नेमा झन गत वर्ष भन्दा पनि आधा कोटा निर्धारण गरेर पठाएको जनाउँदै स्थानीय किसानले आक्रोश व्यक्त गरेका छन् । बाँके डुडुवा ३ का नरेश मौर्यले यस पटक धान राम्रो उत्पादन भएकोले मुल्य पनि राम्रो पाईएला भन्ने आशमा आफुहरु रहेपनि खाद्यले निकै कम धान खरिद गर्दा समस्यामा परेको बताउनुभयो । उहाँले बजारमा व्यापारीहरुले सरकारले तोकेको मुल्यभन्दा करिब एक हजार रुपियाँ कम प्रति क्विन्टल धान खरिद गरिरहेकोले किसानलाई निकै समस्या भएको गुनासो गर्नुभयो । सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपियाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend