काठमाडौं । साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ङादी ग्रुपको सर्वाधिक १८ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा श्रीनगर एग्रिटेक इन्डस्ट्रीजको १२ करोड ३५ लाख रुपैयाँ र तेस्रोमा सागर डिष्टिलरीको ९ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन्। यस्तै, एसवाई प्यानलका लगानीकर्ताले आज ९.९८ प्रतिशतका दरले कमाएका छन् ।मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ६.४२ प्रतिशतका दरले गुमाएका छन् ।




.gif)



